Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले महाधिवेशन : १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी

एमाले महाधिवेशन : १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी

काठमाडौँ  : नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । यसका लागि मंगलबार मतदान हुँदैछ । महाधिवेशनबाट पदाधिकारी १९ जना निर्वाचित हुनेछन् । तर १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूची अनुसार १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।यस्तै उपाध्यक्षमा ११ जना, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी २ जनाको उम्मेदवारी परेको छ। यस्तै उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट