जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सोमबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिएका हुन् ।यस्तै, बिना विभागीय मन्त्रीको रूपमा रहेका कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij