काठमाडौँ : नेकपा एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरल समूहको प्यानलले आफ्नो तर्फबाट उठ्ने पदाधिकारीको टुंगो लगाएको छ । सो समूहले अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारेको नेता गोकर्ण विष्टले जानकारी दिए । सो प्यानलले उपाध्यक्षम विष्टलाई अघि सारेको छ ।
त्यस्तै उपमहासचिवमा योगेश भट्टराई अघि सारिएको नेता विष्टले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, हाम्रो तर्फबाट लगभग सबैको टुंगो लागिसकेको छ ।
अध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेको टुंगो लगाइसकेका छौँ । म उपाध्यक्षमा छु । उपमहासचिवमा योगेश भट्टराई अघि सारेका छौँ । यो प्रतिस्पर्धामा हामी सबैलाई एकताबद्ध बनाएर जान्छौ’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij