Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

ओलीले टुंगो लगाए पदाधिकारीको टीम, दुई जनाको असन्तुष्टि

ओलीले टुंगो लगाए पदाधिकारीको टीम, दुई जनाको असन्तुष्टि

काठमाडौँ : नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले असन्तुष्टि जनाएका हुन् ।

स्रोतका अनुसार, प्रदीप ज्ञवालीलाई उपाध्यक्षको सूचीमा राखिए पनि उनले महासचिवमा दाबी छोडेका छैनन्। महासचिव नपाए केन्द्रीय सदस्यमा मात्र उठ्ने चेतावनी उनले दिएका छन्। त्यस्तै, सचिवको सूचीमा राखिएका लेखराज भट्टले आफू सचिवमा नलड्ने र उपमहासचिव पाउनुपर्ने अडान राखेका छन् । अन्य नेताहरूको हकमा भने सहमति जुटेको स्रोतको दाबी छ।

यस्तो छ ओलीले तयार गरेको पदाधिकारी प्यानल

अध्यक्ष: केपी शर्मा ओली

महासचिव: शंकर पोखरेल

उपाध्यक्षहरू: रामबहादुर थापा 'बादल', विष्णु पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ।

उपमहासचिव: भानुभक्त ढकाल, विष्णु रिमाल र रघुवीर महासेठ।

सचिवहरू: लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, यमलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, शेरधन राई र खगराज अधिकारी।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट