Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री

तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् ।

‘आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्थतालिका सार्वजनिक भइ सोही बमोजिम तयारी भइरहेको अवस्था छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्धारित मितिमा निर्वाच्न सम्पन्न गर्न सरकार दृढ भएर लागेको छ ।’

शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण सिर्जनमा प्रदेश सरकारको पनि भूमिका उत्तिकै हुने उनको भनाइ थियो । गृहमन्त्री अर्यालले सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपछिका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको गोष्ठीमा जानकारी दिए ।

‘केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने छ भन्ने मैले पूर्ण विश्वास लिएको छु’, उनले भने । भएरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेको कदमहरू मध्ये सुरक्षा गोष्ठी पनि एक भएको गृहमन्त्री अर्यालको भनाइ थियो ।

‘हामीले यस सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती विश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने छौं,’ उनले भने ।

सरकार निर्माण भएको तीन महिनाको बीचमा गृह मन्त्रालयको पहिलो काम स्थितिलाई सामान्यीकरण गरी सुरक्षाको प्रत्याूभति गर्नुरहेको भन्दै मन्त्री अर्यालले क्षत–विक्षत सार्वजनिक कार्यालय र संरचनाहरूको कार्यालयको पुनस्र्थापना गरी सेवा सुचारू गर्दाको चुनौती स्मरण गरे ।

‘यसका लागि निर्माणमा सहयोग गर्ने निजी क्षेत्र, नागरिक समाजलगायत सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु,’ गृहमन्त्री अर्यालले भने ।

उनले जेनजी आन्दोलनलाई अपनत्व ग्रहण गरी सरकारले दस्तावेजीकरणका साथ जेनजी माग र सहिदका सपनालाई टुंगोमा पुर्‍याउने गरी प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच सम्झौता भएर राजपत्रमा प्रकाशन गरी कार्यान्वयनको चरणमा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट