Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमालेकी कान्छी सदस्य ईश्वरीले पनि छोडिन् पार्टी, अनेरास्ववियुका पूर्व अधक्ष्य पनि विदा

एमालेकी कान्छी सदस्य ईश्वरीले पनि छोडिन् पार्टी, अनेरास्ववियुका पूर्व अधक्ष्य पनि विदा

काठमाडौं । पार्टीको ११ औं महाधिवेशन जारी रहँदा नेकपा एमालेका दुई उपाध्यक्षले युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरे।उनीहरू दुवैले पार्टीभित्र ७० वर्षे उमेर हद लागू गर्नुपर्नेमा जोड दिँदै आफूहरू ७० वर्ष नाघिसकेको कारण आउँदो महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

एमालेमै अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि यसपटक कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन्। यो क्रम यत्तिमै रोकिएको छैन।

१० औँ महाधिवेशनबाट निर्वाचित सबैभन्दा कम उमेरकी केन्द्रीय सदस्य ईश्वरी जिएमले पनि पार्टीको जिम्मेवारीबाट केही वर्ष अलग रहने घोषणा गरिन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी रोल्पाकी जिएम पर्यटन व्यवसायमा समेत संलग्न छिन्।

बर्दियाका नेता भीम केसीले ६० वर्ष उमेर पुगेको उल्लेख गर्दै पार्टी नेतृत्वबाट बाहिरिने निर्णय सार्वजनिक गरेका छन्। २०७८ को १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित केसी २०४२ सालमै अनेरास्ववियु (पाँचौँ) का जिल्ला अध्यक्ष बनेका थिए।

म्याग्दीका नेता भूपेन्द्रबहादुर थापाले पनि आगामी कार्यकालमा पार्टी नेतृत्वमा नरहने घोषणा गरेका छन्। पूर्व सांसदसमेत रहेका थापाको यो निर्णयले अनुभवी नेताहरूले नयाँ पुस्ताका लागि ठाउँ छाड्न थालेको बुझिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट