Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सिंहदरबार अगाडि घाइते जेनजीहरूकाे धर्ना

सिंहदरबार अगाडि घाइते जेनजीहरूकाे धर्ना

काठमाडौँ : विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा प्रवेश पास नपाएपछि जेनजी घाइतेहरू सिंहदरबार अगाडि धर्नामा बसेका छन् ।

रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्काशित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्काका साथै नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै उनीहरुले अर्थमन्त्री खनाललाई भेट्न खोजेका थिए । तर अर्थमन्त्रीलाई भेट्न नपाएपछि उनीहरुले आइतबार सिंहदरबारको पश्चिम गेटमा धर्नामा बसेका हुन् ।

जेनजी घाइतेहरूले रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्काशित आईपीओ बाँडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने, निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट