काठमाडौँ : जेनजी प्रदर्शनको क्रममा काठमाडौँ कोटेश्वरमा हत्या भएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भेटेका छन्।
आइतबार मन्त्री अर्याल कास्कीको रुपा गाउँपालिका–५ पुगेका थिए। यस अवसरमा उनीसँगै आइजीपी दान बहादुर कार्की र अन्य सुरक्षा प्रमुखहरू उपस्थित थिए। मृतक गुरुङलाई भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा आन्दोलनकारीले हत्या गरेका थिए।
मन्त्री अर्यालले राज्यको तर्फबाट मृतकका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने आश्वासन दिएका छन्। मन्त्री अर्याल र सुरक्षा प्रमुखहरू त्यहाँ निर्वाचन स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरामा पुगेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij