काठमाडौँ : कानुन तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री अनिल सिन्हाले अब पर्यटन मन्त्रालयको कार्यभार पनि सम्हालेका छन्।
आइतबार मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन्। कार्यभार सम्हाल्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रमा विशेष पहल गर्दै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन्।
मन्त्री सिन्हाले पर्यटन प्रवर्द्धनका साथै वातावरण संरक्षणमा जोड दिँदै हिमालमा फोहोर व्यवस्थापन र दिगो पर्यटन विकासका कदम अगाडि बढाउने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij