पर्सा : अवकाशप्राप्त पूर्व प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को धोबिनी गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न रास्वपा धोबिनी गाउँपालिकाको प्रथम पालिका भेलाले कुर्मीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो।
कुर्मी पूर्व प्रहरी परिषद् पर्सा जिल्लाका अध्यक्षसमेत रहिसकेका अनुभवी व्यक्तित्व हुन्। पालिका भेलाबाट उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल तथा कोषाध्यक्षमा वृज लाल पटेल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवान चयन भएका छन्।
रास्वपा पर्सा क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न उक्त भेलामा पार्टीका पर्सा जिल्ला सभापति हरी पन्तलगायत नेताहरूले सम्बोधन गरेका थिए।
सो अवसरमा सभापति पन्तले भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरूविरुद्धको सशक्त आवाज भएको उल्लेख गर्दै अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तनको प्रमुख संवाहकका रूपमा हेर्न थालेको दाबी गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij