काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको संविधान मरिसकेकोले अब नयाँ समझदारी गरेर जानुपर्ने बताएका छन्।नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन सत्रमा बौल्दै उनले मरिसकेको संविधानलाई जबरजस्ती ब्यूँताएर देशलाई थप दुर्घटनातर्फ लैजान नहुने बताएका हुन्।
‘संविधान त मरिसकेको छ। त्यसकारणले त्यो संविधानलाई जबरजस्ती ब्यूँताएर देशलाई थप दुर्घटनामा लैजानेभन्दा पनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ,’ उनले भने।
उनले भदौ २३ र २४ गतेको जेन–जी विद्रोह वर्षौँदेखिको निषेधको राजनीतिको परिणाम भएको बताए।
उनले भने,’यो २३ र २४ गतेको त्यसलाई विद्रोह भन्नुहोस्, विध्वंस भन्नुहोस्, देशले जुन अकल्पनीय र अपूरणीय क्षति व्यहोर्नपर्यो। त्यसमा कसैको योजना र उक्साहटले पनि काम गरेको थियो होला। तर, कसैको उक्साहट र योजना मात्रै होइन।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij