Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुरको गंगानगर छिरेको हात्तीले घर र पसलमा पुर्‍यायो क्षति

भरतपुरको गंगानगर छिरेको हात्तीले घर र पसलमा पुर्‍यायो क्षति

चितवन : भरतपुर महानगरपालिका–१३, गंगानगरमा आज बिहान बस्ती छिरेका जंगली हात्तीले घर र व्यवसायिक स्थलमा क्षति पुर्‍याएको छ । स्थानीय विष्णु लामिछानेका अनुसार हात्तीले उनले सञ्चालन गरेको धान मिलको पर्खालमा क्षति पुर्‍याएको छ भने मिलमा भण्डारण गरिएको धानसमेत नष्ट गरेको छ। हात्तीले धानमिलसहित एक किराना पसल र तीन घरका झ्याल तथा पर्खालमा सामान्य क्षति पुर्‍याएको छ ।

भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले घटनापछि सेना र स्थानीयवासीको सहयोगमा हात्तीलाई पुनः जंगलतर्फ धपाइएको बताए । विगतमा यस क्षेत्रमा गोविन्द, रोनाल्डो र धुव्रे हात्तीले आतंक मच्चाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij