Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मधेसका मुख्यमन्त्री यादवले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेसका मुख्यमन्त्री यादवले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजीनामा दिएका छन् ।विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन् । यादवको सम्बोधन सुरू हुनासाथ एमाले, संघीय समाजवादी पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूका अतिरिक्त अन्य दलका ७३ प्रदेशसभा सदस्यहरू बाहिरिएकपछि विश्वासको मत नपाउने देखेर राजीनामा घोषणा गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कात्तिक २३ गते नियुक्ति गरेपछि ७ दलका ७४ प्रदेशसभा सदस्यहरूले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

सो रिटको सुनुवाइ गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशअनुसार आज विश्वासको मत लिनकालागि मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट