काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले छुट्टाछुट्टै भेट गरेका हुन्। भेटका क्रममा सभाकक्ष निर्माण, निर्वाचन प्रक्रिया, सरकार र संसदबीचको समन्वय तथा सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij