काठमाडौँ : ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आफू जुनसुकै पार्टीको घोषणासभामा प्रमुख अतिथि बोलाए त्यसमा सहभागी हुने बताएका छन् । बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
चुनावी सरकारको मन्त्रीको हैसियतमा रहेका उनी पार्टीको घोषणा सभामा सहभागी भएको सम्बन्धमा प्रश्न उठाएका थिए । यसबारे प्रस्टोक्ति दिँदै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले उज्यालो अभियानको नाम दिएर आफूले चलाएको अभियानका अभियानकर्मीले अहिले उज्यालो नेपाल पार्टीको नाम दिएर नयाँ पार्टी गठन गरेकोमा आफूलाई खुसी लागेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij