काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीले १५औँ महाधिवेशनका लागि कार्यतालिका ल्याउने निर्णय गर्दा थापाले अतिरिक्त धारणा राख्दै फरक मत प्रस्तुत गरेका थिए। उनले हिमालय टेलिभिजनसँगको ‘यक्ष प्रश्न’ अन्तर्वार्तामा आफू सभापतिको उम्मेदवार हुनेमा कुनै शंका नरहेको बताएका छन्।
थापाले भने, “म १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ। मलाई विश्वास छ कि नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वको जिम्मेवारी दिनेछन्।”
कांग्रेस विधानअनुसार विशेष महाधिवेशन हुँदा यसलाई १५औँ महाधिवेशन मानिँदैन र आवश्यकताको परिपूर्तिका लागि मात्रै विशेष महाधिवेशन हुन सक्ने व्यवस्था गरिएको छ। थापाले अघिल्ला अवसरमा उम्मेदवारीबारे बोल्न समय नभएको बताए पनि अब महाधिवेशनको मिति सार्वजनिक भइसकेपछि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij