Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। बुधबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सोही आदेशअनुसार आज बिहान बैठक आह्वान गरिएको थियो। तर सत्तापक्षकै सांसद अनुपस्थित भएपछि बैठकलाई दिउँसो २ बजेका लागि सारिएको थियो।

विश्वासको मत प्राप्त नहुने देखेपछि प्रदेशसभा बैठकमा उनले पदबाट राजीनामा दिएको घोषणा गरे। यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशका सात दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट