काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अन्तरपार्टी लोकतन्त्रको प्रमुख उदाहरण रहेको बताएका छन्।प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, “हामी नै हौं, अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन। पाचौं राष्ट्रिय महाधिवेशनमा तय गर्ने नीति केवल पार्टीको मात्र नभएर देशका लागि विवादमा रहेका मस्यौदाहरूलाई पनि समेटेर पृथक् पार्टीका नेतालाई छलफलमा आमन्त्रण गरेका थियौं। हामी तपाईंहरूको सुझाव पनि लिन्छौं, र हामी अन्तरपार्टी लोकतन्त्रमा अनुभवी छौं।”
उनले आगामी ११औँ राष्ट्रिय महाधिवेशनलाई नेतृत्व निर्माण गर्ने महाधिवेशनको रूपमा समेत वर्णन गरे। मुलुकमा निर्माण भएका परिस्थितिहरू महाधिवेशनमा प्रस्तुत हुनेछन् र पर्याप्त छलफलपछि सबै विषयमा सहमति स्थापना गरिने उनको भनाइ थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij