Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन

वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन

पर्सा : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार मदरसा शिक्षा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगन्जमा विरोध प्रदर्शन भएको छ । उक्त निर्णयविरुद्ध वीरगन्जमा मुख्यमन्त्री यादवको पुतला दहन गरिएको हो ।

ae

सर्वोच्च अदालतको आदेश विपरीत मन्त्रिपरिषद‌् बैठक बसेर मुख्यमन्त्री यादवले ६ बुँदे निर्णय गरेका थिए । बैठकले शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई मदरसा शिक्षा सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

यसअघि लालबाबु राउतको कार्यकालमा पनि मदरसा शिक्षा विधेयकलाई अघि बढाउने प्रयास भएको थियो । तर तीव्र विरोधपछि त्यसबेला विधेयक स्थगित गरिएको थियो । मुख्यमन्त्री यादवले पुनः उक्त विधेयकलाई अघि बढाउने सङ्केत गरेपछि मधेसमा विवाद चर्किएको हो ।

प्रदर्शनकारीहरूले अदालतको आदेश र प्रदेशको संवेदनशीलता विपरीत विधेयक ल्याउन खोजिएको भन्दै कडा विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट