Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रदीप अधिकारी भ्रष्टाचार प्रकरणमा पक्राउ

प्रदीप अधिकारी भ्रष्टाचार प्रकरणमा पक्राउ

काठमाडौं : नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन्।

भक्तपुर, नलिनचोकस्थित हेलीप्याड निर्माण परियोजनामा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै आएको थियो। सोही अनुसन्धानको क्रममा अधिकारीलाई नियन्त्रणमा लिइएको हो। अख्तियार स्रोतका अनुसार, अधिकारी आफैं कार्यालयमा उपस्थित भएर पक्राउ परेका हुन्।

त्यसैगरी, क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट