Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

“काठमाडौँमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु, मन्त्री कुलमान घिसिङ उपस्थित”

“काठमाडौँमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु, मन्त्री कुलमान घिसिङ उपस्थित”

काठमाडौँ : काठमाडौँमा बुधबार मध्याह्नदेखि नयाँ राजनीतिक पार्टी “उज्यालो नेपाल पार्टी” को औपचारिक घोषणा सभा सुरु भएको छ। सभाको आयोजना राजधानीको प्रज्ञा भवनमा गरिएको छ, जहाँ देशभरिका विभिन्न जिल्लाबाट पार्टीका प्रतिनिधि र कार्यकर्ता सहभागी भएका छन्।

घोषणा सभामा पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ पनि उपस्थित भएका छन्। मन्त्री घिसिङले केहीबेरअघि सभा स्थलमा पुगेर कार्यक्रममा शुभकामना व्यक्त गर्नु भएको छ। यस अवसरमा पार्टीका नेताहरूले आफ्नो राजनीतिक लक्ष्य, योजना तथा आगामी निर्वाचनमा पार्टीको सहभागिता र दृष्टिकोणबारे विस्तृत रूपमा जानकारी दिएका छन्।

उज्यालो नेपाल पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ र पार्टीका प्रतिनिधिहरूले आगामी चुनावमा जनताको विश्वास जित्ने र लोकतान्त्रिक मूल्यहरू सुदृढ पार्ने उद्देश्यले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सभा अहिले पनि जारी छ र यसमा पार्टीको संविधान, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट