काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ११ पार्टीको ११औँ महाविधेशनमा आफू अध्यक्ष र महासचिवको उम्मेदवार नहुने बताएका छन् । साथै उनले पार्टी जीवनमा आफूले कुनै पनि जिम्मेवारीका लागि इच्छा व्यक्त नगरेको दाबी समेत गरेका छन् ।
बुधवार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले यस्तो दाबी गरेका हुन् । एमालेको ११ औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिनुहुन्छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले भने, ‘मैले आफूलाई नेकपा एमालेको साधारण कार्यकर्तामात्र ठान्छु ।’
उनले एमालेका साढे ६ लाख कार्यकर्तामध्ये आफू पनि एक सदस्य भएको भन्दै आफूजस्ता हजारौँ हजार कार्यकर्ता रहेकाले आफ्नो ठाउँ के हुन्छ भनेर चिन्ता नगर्ने बताए । ‘म जस्ता नेता कार्यकर्ताले मेरो पार्टीको भविष्य र स्थान के भनेर सोच्ने हो’, उनले भने, ‘कम्तीमा हजार कार्यकर्तामा पर्छु,त्यहाँ भित्र कुनै पनि ठाउँमा काम गर्छु ।’
तपााईंको इच्छा कुन पदमा हो भनेर सोधेको प्रश्नमा पौडेलले थप भने, ‘मेरो ट्रयाक रेकर्ड हेर्नुभयो भने कुनै पनि जिम्मेवारीका निम्ति इच्छा व्यक्त गरेको छैन । क्रस चेक गर्न सक्नुहुन्छ’, पौडेलको भनाइ छ ।
साथै उनले ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवार नहुने प्रस्ट बताए । ‘प्रस्ट भन्छु म महासचिवको उम्मेदवार होइन, किनभने म शक्तिशाली पार्टी नेकपाको महासचिव भैसकेको व्यक्ति हुँ’, पौडेलको भनाइ छ । साथै उनले आफूले केपी ओलीलाई सघाउने भएकाले अध्यक्षको उम्मेदवार पनि नहुने बताए । पौडेलले सकभर सहमतिमै नेतृत्व चयन हुने आफू विश्वस्त रहेको समेत बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij