काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेका व्यक्तिहरूले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन्। बुधवार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो आवश्यकता औंल्याए।
गौतमले भने, “अमेरिका र अन्य देशहरूमा १६ वर्षमै काम गर्न पाइन्छ, तर नेपालमा हाल १८ वर्ष पुगेपछि मात्रै काम गर्न पाउने व्यवस्था छ। यसलाई सुधारेर १६ वर्षमा पनि कानुनी रुपमा काम गर्न पाउने व्यवस्था हुनुपर्छ।”
उहाँले नेपाली युवाहरू विश्वभर काम गरी पठाएको रकमले देश चलिरहेको भन्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उल्लेख गरे। उनले थपे, “हाम्रो करिब ६० लाख युवाहरू विदेशमा छन्। उनीहरूले कमाएको पैसा पठाउँछन्। तर हामीले १६ वर्षदेखि काम गर्न पाउने कानुन बनाएर रोजगार दिनुपर्छ। ऋणमाथि ऋण थप्नेभन्दा सरकारले रोजगारी दिने वातावरण बनाउनुपर्छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij