जनकपुर : बिहान ८:३० का लागि आयोजना गरिएको मधेस प्रदेशसभा बैठक सत्तापक्षका सांसद उपस्थित नहुँदा स्थगित गरिएको छ। बिहान १०:३० बजेसम्म पनि पर्याप्त संख्या नपुगेपछि बैठकलाई दिउँसो २ बजेसम्मका लागि सारिएको हो।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने तयारीसहित आजका लागि बैठक बोलाइएको थियो। सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि प्रदेशसभा बैठक अपरिहार्य बनेको थियो।
मुख्यमन्त्री यादवले सर्वोच्चको आदेशअनुसार आजकै बैठकमा विश्वासको मत लिने बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij