Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

तनहुँमा एमाले प्रतिनिधि चयन विवाद सहमतिमै समाधान

तनहुँमा एमाले प्रतिनिधि चयन विवाद सहमतिमै समाधान

तनहुँ  : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका क्रममा तनहुँ क्षेत्र नं. १ मा उत्पन्न विवाद सहमतिमार्फत समाधान गरिएको छ। शनिबार राति मतगणना भइरहेको बेला दुई समूहबीच विवाद बढ्दै जाँदा केही कार्यकर्ताले मतगणना कर्मचारीमाथि आक्रमण गरी मतपेटिका लुटेपछि निर्वाचन अधिकृत शिवदत्त ढकालले मतगणना अनिश्चितकालका लागि रोकिएको थियो।

बन्दीपुर गाउँपालिकाका २४२ मतमध्ये घनश्याम श्रेष्ठ र फूलमति थापाले करिब शतप्रतिशत मत पाएपछि अन्य उम्मेदवारले आपत्ति जनाउँदै विवाद चर्किएको थियो। मतगणना रोकिएपछि केन्द्रीय नेताहरूले दुवै पक्षसँग निरन्तर छलफल गर्दै सहमति जुटाए।

सहमति अनुसार खुलातर्फ हरिराज कँडेल, प्रेमकुमार राना, मनुमाया श्रेष्ठ र फूलमति थापा तथा ४० वर्षमुनि युवातर्फ मदन तिमिल्सेना प्रतिनिधि चयन भएका छन्।

क्षेत्र नं. २ मा भने कुनै विवाद बिना नै सबै पदमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन्। खुलातर्फ श्रीप्रसाद श्रेष्ठ, राजेश्वर ढकाल र विष्णुभक्त सिग्देल, महिलातर्फ बिर्सना श्रेष्ठ र विष्णु अधिकारी पराजुली तथा ४० वर्षमुनि युवातर्फ उज्ज्वल खनाल सर्वसम्मत बनेका छन्।

तनहुँ जिल्लाबाट दुवै क्षेत्र मिलाएर १२ प्रतिनिधि चयन भएका छन्—क्षेत्र नं. १ बाट पाँच, क्षेत्र नं. २ बाट छ तथा जिल्लाबाट एक दलित प्रतिनिधि। दलिततर्फ मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे सर्वसम्मत चयन भएका हुन्।

जिल्लाभर कुल ५,६९३ संगठन सदस्य मतदाता रहेका छन्, जसमा क्षेत्र १ मा २,४०७ र क्षेत्र २ मा ३,२८६ सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट