काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार अपराह्न विश्वासको मत लिने भएका छन्।आज मंगलवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि दिउँसो विश्वासको मत लिने जानकारी गराएका हुन्।
मंगलवार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले विश्वासकोमत लिनेबारे जानकारी गराएका हुन्।उनले दिउँसो २ बजे विश्वासको मत लिन लागेको र विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र समेत पठाइसकिएको जानकारी दिए।
हिजो सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले भोलिलाई विश्वासको मत लिने मिति तोकेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij