Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पूर्वसामाजिक विकास मन्त्री बीसीको निधनमा कांग्रेसको गहिरो समवेदना

पूर्वसामाजिक विकास मन्त्री बीसीको निधनमा कांग्रेसको गहिरो समवेदना

काठमाडौं : नेपाली कांग्रेसले कर्णाली प्रदेशका पूर्वसामाजिक विकास मन्त्री यज्ञबहादुर विसी (बीसी) को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेस सुर्खेत क्षेत्र नं. २ का पूर्वक्षेत्रीय सभापति बीसीको मंसिर १५ गते निधन भएको थियो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी विज्ञप्तिमा बीसीको निधनप्रति कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुःख व्यक्त गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा खड्काले बीसीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेको भनिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट