Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भदौ २४ को आगजनी प्रभावित ट्रेडमार्क दर्ता, अब ९० दिनभित्र पुनः आवेदन दिन आग्रह

भदौ २४ को आगजनी प्रभावित ट्रेडमार्क दर्ता, अब ९० दिनभित्र पुनः आवेदन दिन आग्रह

काठमाडौं : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशभर भएका आगजनी, तोडफोड र लुटपाटका घटनाले उद्योग विभागको औद्योगिक सम्पत्ति शाखामा रहेका धेरै फाइल नष्ट भएपछि प्रभावित बनेको ट्रेडमार्क दर्ता प्रक्रिया अब पुनः सुचारु भएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै अपूर्ण कागजातसहित दर्ताका लागि आवेदन दिएका सबै दरखास्तवालालाई मंसिर १५ देखि ९० दिनभित्र आवश्यक कागजातसहित पुनः निवेदन पेस गर्न आग्रह गरेको छ।

निर्धारित समयभित्र निवेदन नआएमा सात वर्षभन्दा पुराना सबै आवेदन तीन महिनापछि स्वतः खारेज हुने चेतावनी विभागले दिएको छ।

यस्तै, औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशित ५११ कम्पनीका ट्रेडमार्क मध्ये दाबीविरोध नपरेका सबै आवेदनहरूमा पनि नयाँ प्रक्रिया लागू हुने विभागले स्पष्ट पारेको छ।

सम्बन्धित दरखास्तवालाले ६ महिनाभित्र प्रमाणपत्र प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरी निवेदन पेश गर्नुपर्ने छ। सो समयसीमा पार गरेमा ती आवेदनहरू समेत खारेज हुने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट