काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको १५औं महाधिवेशनमा कोइराला परिवार एक हुने संकेत दिएका छन्। १४औं महाधिवेशनमा तीन धारमा विभाजित कोइराला परिवार यसपटक एकठाउँ उभिन सक्ने संकेत बढेको छ।
अहिले सुजाता कोइराला शेखर कोइरालालाई खुलेर समर्थन गर्दै उनको सचिवालयमा नियमित रूपमा बस्दै आएकी छन्।
चितवन विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै शशांकले भने—
“शेखर दाइ पनि इच्छुक हुनुहुन्छ, म पनि। तर हामीमध्ये एक जना मात्र सभापति पदमा लड्छौँ।”
शशांकका अनुसार नेता–कार्यकर्ताको सुझाव पनि कोइराला परिवार अलगअलग नलड्नुपर्नेतर्फ केन्द्रित छ।
यद्यपि उनले महाधिवेशन तालिका कार्यान्वयनमा समय अभावकै चुनौती रहेको बताए।
उनले भने—
“महाधिवेशनका लागि कम्तीमा तीन महिना चाहिन्छ। पुसमै सम्भव नभए चुनावपछि गर्नुपर्ने हुन सक्छ, तर सार्नु हुँदैन।”
नेपाली कांग्रेस केन्द्रीय समितिले हालै जेनजी पुस्तालाई समावेशी समानुपातिक आधारमा पार्टी संरचनामा ल्याउने निर्णय गरेको छ।
कांग्रेसमा हाल पौने ९ लाख क्रियाशील सदस्य रहेका छन् र सोही संख्यामा नयाँ सदस्यता वितरण गर्ने निर्णय गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij