Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अब सोनल नेतृत्वमा सरकार बनाउने पहल थाल्छौँ: लोसपा

अब सोनल नेतृत्वमा सरकार बनाउने पहल थाल्छौँ: लोसपा

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेसका संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनल नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने बताएका छन् । सर्वोच्चको परमादेश अनुसार आजै अबेर साँझ २४ घण्टाभित्र मुख्यमन्त्रीलाई विश्वासको मतका लागि दिइएको समयसीमा समाप्त हुने बताउँदै उनले त्यस लगत्तै सरकार गठनका लागि आह्वानका लागि प्रदेश प्रमुखलाई भेटेर आग्रह गर्ने बताए ।

उनले भने ‘मुख्यमन्त्रीजी विश्वासको मत लिन सक्ने स्थिति देख्दिनँ, समयसीमा पूरा भएलगत्तै हामी ७ दलका साथीहरु सरकार निर्माणका लागि पहल थाल्ने छौँ ।’ ७ दल भित्र जितेन्द्र सोनललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने सहमति भएको उनको दाबी छ । उनले भने, ‘ तर यो बिचमा कांग्रेसको दावी पनि आइरहेको छ, बैठक बसेर हामी समझदारी खोज्ने प्रयास गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट