काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केही नेता र सदस्यले स्वेच्छाले उम्मेदवारी घोषणा गर्नुको आपत्ति जनाएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट केवल आधिकारिक प्रक्रिया र निर्धारित रूपरेखाअनुसार मात्रै हुनेछ। अनधिकृत अभिव्यक्ती वा प्रचार–प्रसार नगर्न स्पष्ट चेतावनी दिइएको छ।
विज्ञप्तिअनुसार हालसम्म केवल रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार औपचारिक रूपमा चयन भएका छन्। अन्य कुनै पनि क्षेत्रमा पार्टीले उम्मेदवार टुङ्गो लगाएको छैन।
रास्वपाले पार्टीको निर्णय नभएसम्म भ्रामक, अपुष्ट वा अफवाह फैलाउने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि रोक्न सबै संरचना, सदस्य र शुभेच्छुकलाई निर्देश गरेको छ।
पार्टीले उम्मेदवार छनोट प्रक्रियामा विश्वास राख्दै अनुशासन र सामूहिक निर्णयको सम्मान गर्दै अघि बढ्न सबैलाई आग्रह गरेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij