Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बैकुण्ठ प्रसाद अर्याल बढुवा हुँदै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन

बैकुण्ठ प्रसाद अर्याल बढुवा हुँदै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन

काठमाडौँ : सरकारले दुई सचिवको सरुवा तथा एक सचिवको पदस्थापन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ।

त्यस्तै, सोही मन्त्रालयमा कार्यरत सचिव हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।

यसमध्ये सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको जानकारी सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट