Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

धनगढीमा भोलि सुरक्षा गोष्ठी, गृहमन्त्रीले सीमा नाका अनुगमन

धनगढीमा भोलि सुरक्षा गोष्ठी, गृहमन्त्रीले सीमा नाका अनुगमन

धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ। मंगलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न आज धनगढी आइपुग्दा उहाँले सीमा नाकासमेत पुगेर अनुगमन गर्नुभएको हो।

गृहमन्त्री अर्यालसँगै विभिन्न सुरक्षा निकायका प्रमुखहरू, मन्त्रालयका सहसचिव तथा उपसचिवहरू समेत सीमा नाकाको निरीक्षणमा सहभागी भएका थिए।

प्रदेशको सुरक्षा स्थिति, विद्यमान समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनका तयारीसम्बन्धी प्रतिवेदन प्रदेश सरकारले गोष्ठीमा पेस गर्ने तयारी गरेको छ। यही उद्देश्यका साथ भोलि धनगढीमा सुरक्षा गोष्ठी आयोजना हुँदैछ।

गोष्ठीका लागि आज गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की धनगढी आइपुग्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट