Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कम्युनिस्ट र कांग्रेस मिलेर मुलुकलाई ध्वस्त बनायो : उपेन्द्र यादव

कम्युनिस्ट र कांग्रेस मिलेर मुलुकलाई ध्वस्त बनायो : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिस्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।उनले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको बताए ।

उनले भने, ‘अहिले मुलुकको राजनीति अत्यन्त संकटमा छ । नेपालमा बुहदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म कांग्रेस–कम्युनिस्टले शासन गरे । अरूले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए । आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो । स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ । युवाहरूलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौं । ३५ वर्ष कम्युनिस्ट–कांग्रेसहरूको शासनमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था पनि हुन सकेन । मुलुकमा भ्रष्टाचार, अराजकता, कमिशनतन्त्र बढेर गयो । जसको परिणाम युवाहरूले विद्रोह गरे । अब फेरि ती शक्तिहरूले केही गर्न सक्नेवाला छैनन् ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट