Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनमा जेनजी आन्दोलनका ९ जना घाइतेले लिए राहत र परिचयपत्र

चितवनमा जेनजी आन्दोलनका ९ जना घाइतेले लिए राहत र परिचयपत्र

चितवन : गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये ९ जनाले राहत रकम बुझेका छन् । उनीहरूले परिचय पत्रसमेत लिएका छन् । जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरू परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने- “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरूले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ । स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताइन् ।

“स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ”, उनले भने । घाइतेहरूको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनले जानकारी दिए । घाइतेलाई राहत स्वरुप सरकारले रु २० हजार दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij