Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेश मुख्यमन्त्री नियुक्ति विवाद : रिटमा सोमबार फेरि सुनुवाइ

मधेश मुख्यमन्त्री नियुक्ति विवाद : रिटमा सोमबार फेरि सुनुवाइ

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दर्ता भएका रिटमाथि सोमबार पुनः सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि सुरु गरिएको अन्तिम सुनुवाइ नसकिएपछि आजका लागि पनि हेर्दाहेर्दैमा राखिएको थियो। मुख्यमन्त्री नियुक्तिविरुद्ध सार्वजनिक सरोकारका दुई रिटसहित मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले रिट दर्ता गरेका छन्।

तीनवटै रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ। यसअघि अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न–नगराउन अन्तरिम आदेश दिएको थियो।

तत्कालीन प्रदेश प्रमुखले होटलमै एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उत्पन्न विवाद सर्वोच्च अदालतसम्म पुगेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट