चितवन : खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख भाग हो । जहाँ धान, गहुँ, मकै, लगायत तोरी उत्पादन अत्यधिक हुने गर्दछ । यतिबेला चितवन जिल्लाका अधिकांश क्षेत्रका फाँटमा तोरी फुलेर पहेँलपुर भएको छ । कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलव ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ ।
गत वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो।
पछिल्लो समयमा जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको हो । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जङ्गली जनावरले क्षति नपुर्याउने भएकाले पनि चितवनमा तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij