काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आत्मसमीक्षाको परिणाम भएको बताएका छन्। आइतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरूको आत्मालोचना भएको तर्क गरे।
विगतमा भएका कमजोरीप्रति आफूहरूले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए। यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरू एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी प्रचण्डको छ। अब देशमा देखिएका समस्या समाधान गर्नेमा केन्द्रित हुने बताए।
प्रचण्डले भने, ‘आजको एकता सन्देश सभा नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन आएका सबै नेताको आत्मालोचना सभा पनि हो। विगतमा भएका कमी कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईंहरूका अगाडि संकल्प गर्न आएका हौँ। यो संकल्प सभा पनि हो। रूपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो।’
उनले देशमा अहिले असाधारण परिस्थिति रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij