Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रतिनिधि सभा निर्वाचनका लागि १२० दलले दिए निवेदन

प्रतिनिधि सभा निर्वाचनका लागि १२० दलले दिए निवेदन

काठमाडौँ :  नेपालको निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ता र एकल चुनाव चिह्न प्रयोग गर्न चाहने दलहरूबाट कुल १२० वटा निवेदन प्राप्त भएको जनाएको छ ।

आयोगले २०८२ मंसिर १४ गते जारी गरेको विज्ञप्ति अनुसार दल दर्ताको अवधि पनि सकिएको छ ।आयोगको यसअघिको मिति कात्तिक २८ को निर्णयानुसार दल दर्ताको प्रारम्भिक अवधि मंसिर १ गतेदेखि १० गतेसम्मका लागि तोकिएको थियो । पछि आयोगको मंसिर १० को निर्णयानुसार दल दर्ताको अवधि मंसिर १४ गतेसम्मका लागि थप गरिएको थियो ।

थप गरिएको यो अवधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि जम्मा १२० वटा निवेदन प्राप्त भएका हुन् ।निर्वाचन आयोगले स्वीकृत कार्यतालिका अनुसार प्राप्त भएका यी निवेदनहरू उपर छानबिन गरी प्रचलित कानुनबमोजिम योग्यता पुगेका राजनीतिक दलहरूलाई २०८२ साल मंसिर २० गतेसम्ममा स्वीकृति प्रदान गरिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट