Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रास्वपा र विवेकशील साझाबीच भयो एकता

रास्वपा र विवेकशील साझाबीच भयो एकता

काठमाडौँ : रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीबीच एकता भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा दुवै दलबीच एकता घोषणा भएको हो ।

दुई दलबीच एकतापछि पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने नेता शिशिर खनालले जानकारी दिए । त्यस्तै विवेकशील साझाका नेताहरूलाई पार्टी महाधिवेशनसम्मका लागि संघीय नेतृत्व मञ्‍चमा राख्ने सहमति भएको छ ।

मञ्च सदस्यहरूको हैसियत केन्द्रीय सदस्यसरह हुने बताइएको छ । पार्टीको तल्लो तहमा पनि समावेशिता र आपसी समझदारीमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट