Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जनताले चाहे अनुसार रुपान्तरणले फड्को मार्न सकेन : नारायणकाजी श्रेष्ठ

जनताले चाहे अनुसार रुपान्तरणले फड्को मार्न सकेन : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षा अनुसार सामाजिक, आर्थिक रुपान्तरणले फड्को मार्न नसकेको बताएका छन् । पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले एकताको मर्मलाई आत्मसाथ गर्दै अघि बढ्न पनि आग्रह गरे । ‘नेपाली जनताको अपेक्षा अनुसार सामाजिक आर्थिक रुपान्तरणले फड्को मार्न सकेन,’ उनले भने । एकताको मर्मलाई आत्मसाथ गर्दै नेपालमा एउटै कम्युनिस्ट पार्टी पार्ने यो सपना साकार पार्न पनि उनले आग्रह गरे ।

‘एकातिर हामी कम्युनिस्ट शक्तिलाई एकीकरण गर्ने प्रक्रियामा छौं भने अर्कोतिर हामी नेपालका सबै देशभक्त शक्तिहरू र सुशासनको समृद्धिको पक्षप्रति इमानदारसँग सहकार्यको मोर्चा बनाउन अघि बढेका छौं,’ उनले भने । हिजो जुनसुकै घटक वा समूहमा भए पनि अब एक हुनुपर्ने बेला भएको उनको भनाइ थियो ।

‘हिजो जुनसुकै घटक, समूहमा भए पनि अब हामी सबै एक भएका छौं । हामी सबै घुलमिल हुनुपर्छ । हामी सबैले पार्टीलाई एकताबद्ध र क्रान्तिकारी बनाउन एकले अर्कोलाई सम्मान गर्नुपर्छ,’ उनले भने । आफूहरू ठूलो शक्ति निर्माण गर्न चाहने उनको भनाइ थियो । ‘सघंर्ष अघि बढाउन चाहन्छौं । संघर्षको मुख्य मोर्चा बनेको निर्वाचनमा पनि ध्यान दिनुपर्नेछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट