Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनमा जनप्रतिनिधि र ८ जना जुवाखेलिँदा पक्राउ

चितवनमा जनप्रतिनिधि र ८ जना जुवाखेलिँदा पक्राउ

चितवन : जुवा खेलिरहेको आरोपमा चितवनबाट आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीसहित कालिका नगरपालिका–६ का स्थानीय बासिन्दा रहेका छन्।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, पक्राउ पर्नेहरुमा ठाकुरप्रसाद भट्ट (६०), झलक अमगाई (५६), सन्तोष लामा (५४), मोहन दङ्गाल (६६), रामकुमार दङ्गाल (५५), आशबहादुर गुरुङ (४९) र शिवबहादुर अमगाईं (४८) रहेका छन्।

उनीहरुलाई शनिबार साँझ कालिका नगरपालिका–६, लालचोकबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको थियो। उनीहरुको साथबाट रु ७१,२१० नगद र तास बरामद गरिएको छ। प्रहरीका अनुसार, पक्राउ परेकामाथि जुवा ऐन अनुसार अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट