Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रास्वपासँगको एकतामा गएनन् मिलन पाण्डे, भन्छन्– म पनि स्वतन्त्र भएँ

रास्वपासँगको एकतामा गएनन् मिलन पाण्डे, भन्छन्– म पनि स्वतन्त्र भएँ

काठमाडौं : विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सहभागी नहुने भएका छन् । ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यो एकीकरणमा सामेल छैन।’

अब केही समय मौन रहने र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेपनि उनको घोषणा छ । ‘अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु’ उनी लेख्छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’

आज मात्रै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणासभा आयोजना गरिएको छ । एकता घोषणासभा अगाडि नै पाण्डेले आफ एकीकरण प्रक्रियामा सहभागी नरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट