Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

महाधिवेशन विवाद चुलिएपछि देउवा सक्रिय, आइतबार नेतृत्व बैठक आह्वान

महाधिवेशन विवाद चुलिएपछि देउवा सक्रिय, आइतबार नेतृत्व बैठक आह्वान

काठमाडौँ : पार्टीभित्र देखिएको महाधिवेशन सम्बन्धी विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। दिउँसो १ बजे सभापति देउवाको निवास महाराजगन्जमा बस्ने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पदाधिकारी तथा पूर्वपदाधिकारी नरहेका वरिष्ठ नेताहरूलाई समेत बोलाइएको एक नेताले बताएका छन्।

उपसभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि करिब एक महिनादेखि पार्टी गतिविधिमा देखिन नसकेका देउवा महाधिवेशनको विवाद तीव्र बन्दै गएपछि पुनः सक्रिय भएका हुन्। उनी बिहीबारदेखि नेताहरूसँग छुट्टाछुट्टै रूपमा भेटघाट गर्दै आइतबार दुबै धारका नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।

कांग्रेसमा १५औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्नुपर्ने संस्थापन पक्षका केही नेताहरूको अडानपछि विवाद चर्किएको हो। पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निर्वाचनअघि महाधिवेशन हुन नहुने पक्षमा थिए। तर, विवाद समाधानका लागि मध्यमार्गी नेताहरूको पहलपछि उनीहरू निर्वाचनअघि नै महाधिवेशन प्रक्रियाको सुरुवात गर्न सहमत भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट