Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रचण्डले दाङ पुगेर भने -जनताले लखेटे पनि केही नेताको अहंकार र दम्भ अझै हटेको छैन

प्रचण्डले दाङ पुगेर भने -जनताले लखेटे पनि केही नेताको अहंकार र दम्भ अझै हटेको छैन

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौती दिने विदेशी तत्त्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन्।शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियावादी हस्तक्षेपकारी विदेशी तत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताए। उनले जनताको भावना बुझेर साथमा नलिएरसम्म दुई तिहाइले पनि केही गर्न नसक्ने जेनजी आन्दोलनमा स्पष्ट भएको जिकिर गरे।

प्रचण्डले दुई तिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकोप्टर चढेर भाग्नुपरेको बताए। जनताले लखेटे पनि केही नेतामा अझै पनि अहंकार र दम्भ नहटेको उनको भनाइ छ। उनले आफूहरूबाट भएका गल्ती कमजोरीको समीक्षा गर्दै नेकपा एकता भएको भन्दै अब जेनजीको मुद्दालाई अघि बढाउने बताए।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमी कमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए। जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले बताए। उनले यवाहरूले अघि सारेका विषयलाई समेत आत्मसाथ गर्दै देशले चाहेको समाजवाद स्थापित गरेरै छाड्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट