Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमाले धनकुटाको प्रतिनिधि चयनमा विवाद, असन्तुष्ट समूहले गर्यो निर्वाचन बहिस्कार

एमाले धनकुटाको प्रतिनिधि चयनमा विवाद, असन्तुष्ट समूहले गर्यो निर्वाचन बहिस्कार

विराटनगर : नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरिएको आरोप लगाउँदै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार गरेका छन् । बहिस्कार गर्नु अघि असन्तुष्ट समूहले केही निर्वाचन बुथमा तोडफोड समेत गरेको थियो। सर्वसम्मत सहमति नजुटेको ठाउँमा आज निर्वाचन हुँदै आएको भए पनि धनकुटामा प्रक्रिया विवादपूर्ण बनेको हो।

धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरी दुई समूह सक्रिय छन् । इन्द्रमणी समूहले मतदातालाई जानकारी नै नदिई एकलौटी रूपमा निर्वाचन गरिएको आरोप लगाएको छ। राई पक्षले आफूहरूलाई थाहा नदिई एकलौटी रूपमा आफू निकटका निर्वाचन अधिकृत तोकेको पराजुली पक्षको आरोप छ ।

एमालेले सर्वसम्मत हुन नसकेका स्थानमा आज निर्वाचन गर्ने निर्णय गरेअनुसार धनकुटामा मतदान प्रक्रिया सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट