Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमाले बर्दियाबाट महाधिवेशनका लागि १५ प्रतिनिधि सर्वसम्मत चयन

एमाले बर्दियाबाट महाधिवेशनका लागि १५ प्रतिनिधि सर्वसम्मत चयन

गुलरिया (बर्दिया)  :  नेकपा (एमाले) बर्दियाले काठमाडौंमा मंसिर २७ गतेदेखि सुरु हुने एघारौँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ।

निर्वाचन क्षेत्र नं. १ बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्ण गुरुङ, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी प्रतिनिधि बनेका छन्।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट घननारायण श्रेष्ठ, दुर्गा वली, संगीता चौधरी, मेनका पोखरेल र भरत धामी सर्वसम्मत चयन भएका छन्।

जिल्ला स्तरको दलित क्षेत्रबाट भुपेन्द्र सेरला र बिमला बी.के. पनि प्रतिनिधि चयन भएको एमाले प्रचार विभाग प्रमुख झविन्द्र खत्रीले जानकारी दिएका छन्।

गत मंगलबार प्रतिनिधि बन्न इच्छुक पार्टी सदस्यलाई इच्छापत्र बुझाउन आह्वान गरिएको थियो। जिल्लाभरिबाट ९६ जनाले इच्छापत्र बुझाएका थिए। सर्वसम्मत चयनका लागि कार्यदल गठन गरी समन्वय गरिएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट