विराटनगर : नेकपा एमालेको ११औँ अधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि चयनको क्रममा विराटनगरमा विवाद र झडप भएको छ।
पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा प्रतिनिधि छनोटका लागि जारी मतदानको क्रममा कार्यकर्ताबीच हात हालाहाल भएको बताइएको छ। विवादको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको छ।
मोरङमा संस्थापन पक्ष र अन्य समूहबीच प्यानल भिडन्त भएको छ। विवादपछि केहीबेर मतदान स्थगित पनि गरिएको थियो।
एमाले नेता परशुराम बस्नेतका अनुसार, मतदान स्थलमा एकै व्यक्तिले पटक–पटक अशक्त व्यक्तिहरूको नाममा भोट हाल्ने प्रयास गरेका थिए।
प्रहरीका अनुसार, विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij