Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

महाधिवेशन किचलो : देउवासँग कार्यवाहक सभापति र दुई महामन्त्रीको आज पनि छलफल

महाधिवेशन किचलो : देउवासँग कार्यवाहक सभापति र दुई महामन्त्रीको आज पनि छलफल

काठमाडौं : नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय दिनप्रतिदिन पेचिलो बन्दै गएको छ। महाधिवेशनको मिति, तयारी र आन्तरिक सहमतिको प्रश्नले पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरू लगातार छलफलमा जुटिरहेका छन्।

आज (शनिबार) पनि सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेटवार्ता गर्ने तय भएको छ।

महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि उनीहरू पछिल्ला तीन दिनदेखि निरन्तर समन्वय र संवादमा छन्। यही क्रमलाई निरन्तरता दिँदै शनिबार दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगञ्जस्थित निवासमा छलफल हुने कार्यक्रम रहेको बताइएको छ।

पार्टीभित्र व्याप्त मतभेद व्यवस्थापन र महाधिवेशनको प्रक्रियालाई यथाशीघ्र टुंग्याउन नेताहरूबीचको संवाद निर्णायक चरणमा पुगेको कांग्रेस स्रोतहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट