भक्तपुर : ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सम्बोधन नभए देशमा कुनै पनि प्रकारको चुनाव हुन नदिने चेतावनी दिएका छन्। शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नियत सफा नभए आगामी फागुन २१ गते वा त्यस आसपासमा चर्चा गरिएको चुनाव वा राजनीतिक निकास सम्भव नहुने चेतावनी दिएका हुन् ।
आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भएको जानकारी दिँदै प्रसाईंले यदि उक्त वार्ताबाट निकास ननिस्किए आफूहरु आन्दोलनमा जाने बताए । पत्रकार सम्मेलनका क्रममा फागुन २१ गतेको समयसीमा र सम्भावित राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नमा प्रसाईंले भने, 'फागुन २१ गते सरकारले चाह्यो भने हुन्छ, चाहेन भने चुनावै हुँदैन। सरकारले चाह्यो भने जनमत संग्रह पनि हुन्छ।'
प्रसाईंले व्यक्तिको परिवर्तनले मात्र समस्या समाधान नहुने भन्दै अहिलेको व्यवस्था नै खराब रहेको दाबी गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij